स्वावलम्बन लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांशको प्रस्ताव पारित

स्वावलम्बन लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांशको प्रस्ताव पारित स्वावलम्बन लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांशको प्रस्ताव पारित
On 16 Nov, 2024 2 months ago

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिकी अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका एक वा एकभन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर-प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०८०-८१ मा ३५ करोड ९७ लाख ८३ हजार ८ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साधारण सभाले आ.व. २०८०-८१ को वासलात, नाफा–नोक्सान हिसावलगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ।

संस्थाको जारी तथा चुक्ता पुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ । साधारण सभाले संस्थाको संचालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकमा रविनकुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ।

चालु आ.व.को असोज मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा-उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयमार्फत २ लाख ६१ हजार ७ सय ४५ महिला ग्राहक सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको लघुवित्तले जनाएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा रकम २१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ भने सदस्यको बचत १४ अर्ब ३९ करोड १९ लाख रुपैयाँ रहेको छ।

संबन्लिंधित समाचार पढ्नको लागि तलका लिंकहरुमा जानुहोस् :

Arthik Awaj

Bizpati

Corporatekhabar.com

सजिलोपाना

Bizshala

eaarthik.com

arthabishesh

Ecosphere News