स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गर्यो वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गर्यो वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गर्यो वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम
On 18 Sep, 2024 4 months ago

०२ असोज,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था पहलमानपुर शाखाको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा कार्य क्षेत्रमा रहेका केन्द्रहरूको केन्द्र प्रमुख तथा अभिभावकहरू गरी करिब ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले वर्तमान समयमा सहकारी आन्दोलन र ठगीको घटना सुनिँदै आएको र यसमा स्वयम आफू सतर्क हुनु पर्नेमा जोड दिए ।

आधिकारिक भरपर्दो वित्तीय संस्था सँग मात्र आफ्नो कारोबार गर्नु हुनु उनले सबैलाई आग्रह गरे । कर्जाको रुपमा लिएको रकम कुनै हालतमा छुट दिन नसकिने हुँदा सबैलाई कर्जा तिर्न आग्रह समेत नगर प्रमुख खडक बहादुर रावतले गरेको थिए । सङ्घ संस्थाहरूले सामाजिक उत्तरदायित्वको कार्यक्रम आयोजना गर्न चाहन्छ भने घोडाघोडी नगरपालिका समन्वय तथा साझेदारी गर्न तयार रहेको उनले बताए । साथै नगर प्रमुख रावतले स्वास्थ्य बिमा गर्न र भोली आउने आर्थिक जोखिमबाट जोगिन सबैलाईलाई आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथि संस्थाका इलाका कार्यालय धनगढीका इलाका प्रबन्धक राजेन्द्र कुमार श्रेष्ठले वर्तमान समयमा बैङ्क तथा वित्तीय संस्थाहरूको विरुद्ध फैलिएका भ्रम र यर्थातको बारेमा प्रस्ट पारेका थिए । संस्थाले सदैव ग्राहक मैत्री सेवा दिँदै आएको र भोलीका दिनमा पनि थप कार्यक्रम सहित ग्राहकको घरदैलोमा पुग्ने उनले बताए ।

त्यस्तै कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हिमाल पुन मगरले लिएको कर्ता तिर्नु पर्ने बताए । वित्तीय अनुशासनमा बसेर राम्रो कारोबार गर्न र राम्रो कारोबार गर्दा गर्दै ठगीमा परे सम्बन्धी निकायमा उजुरी दिन समेत उनले सबैलाई आग्रह गरे ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था पहलमानपुर शाखाका प्रमुख मणिराम चेम्जोङ्गले संस्थाले प्रदान गरिरहेको सेवा सँगै डिजिटल बैङ्क सेवा तथा कारोबारको बारेमा सहभागीलाई प्रस्ट पारेका थिए । शाखाका कर्मचारी लक्ष्मी दत्त भट्टको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन लेखापाल नृपराज उपाध्यायले गरेका थिए ।